Comments Add Comment

‘रकिङ रोलिङ रोल्पा’को दोस्रो संस्करण बजारमा

५ कात्तिक, काठमाडौं । नेपाली लेखक (महेन्द्रप्रसाद जोशी) महेन्द्र पी जोशीद्वारा अंग्रेजी भाषामा लेखिएको उपन्यास ‘रकिङ रोलिङ रोल्पा’को दोस्रो संस्करण बजारमा आएको छ ।

दुई वर्षअघि दसैंकै अवसर पारेर प्रकाशित सो उपन्यास अमेजोनको ‘ट्राभल्स तथा एडभेन्चर’ विधामा सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा सातौं स्थानमा समेत परेको थियो ।

ब्रोसिस इण्डियाबाट प्रकाशित उपन्यासको बजार प्रबन्धको जिम्मा बजरंगबली इन्टरप्राइजेजले लिएको छ ।

पुस्तकको कथावस्तुले नेपाली समाज र अमेरिकी जीवन शैलीको यथार्थ चित्रण गर्न सफल भएको छ । रोल्पा भनेर लेखकले नेपालको पहाडी जीवनलाई अर्थ्याउन खोजेका छन् । अमेरिकामा अध्ययन गरी स्वदेश फर्केर लेखन र अध्यापनमा रमाएका जोशीको यो पहिलो उपन्यास हो ।

सरल भाषामा लेखिएको ‘रकिङ रोलिङ रोल्पा’ बौद्धिक वर्ग, विद्यार्थीवर्ग दुवैका लागि पठनीय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment