
जगदम्बा मोटर्सले भाइबरसँगको सहकार्यमा नयाँ चाँडपर्वको स्टिकर ल्याएकाे गरेको छ । नयाँ स्टिकर प्याकले प्रयोगकर्ताहरुलाई, यस कोरोना भाइरसका कारण उत्पत्ति भएको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईलाई शुभकामना पठाउन तथा उनीहरुसँग जोडी रहन मद्दत पुर्याउने कम्पनीले जनाएकाे छ ।
भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन् । दुवै पक्षको समझदारी अनुसार स्टिकर प्याक ३ महिनासम्म सितैमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ ।
भाग्यशाली टिभिएस् दशैंको आशा स्टिकर डाउनलोड गर्ने एकजनाले टिभिएसकाे तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरुप प्राप्त गर्नेछन् । यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिंक मार्फत भाइबरमा उपलब्ध भइसकेको कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया 4