Comments Add Comment

‘कृष्ण लिला’पछि एक्सन फिल्ममा पुष्प

नायक पुष्प खड्काको चलचित्र क्षेत्रमा क्रेज राम्रो बनिरहेको छ । बलियो अभिनय प्रस्तुतीका कारण पनि पुष्पलाई चलचित्रको अफर आइरहेको हो । पुष्पले अभिनय गरेको चलचित्र ‘चालबाज’ तयार भैसकेको छ । उनै, पुष्प दशैं लगतै चलचित्र ‘कृष्ण लिला’मा काम गर्दैछन् । यो चलचित्रमा उनले दिपिका प्रसाँइसँग काम गर्दैछन् ।

यो चलचित्रको छायांकन सकिएपछि पुष्प एक एक्सन चलचित्रमा देखिदैछन् । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । विदेशमा छायांकन हुने चलचित्र साइन गरिसकेका पुष्पले अनलाइनखबरसँग भने–‘यो ग्याङस्टार कथाको चलचित्र हो । जसमा एक्सन भरपुर हुनेछ । मलाई एक्सन चलचित्र गर्न निकै मन लागेको थियो । यो चलचित्रबाट त्यो चाहना पुरा हुन्छ भन्नेमा विश्वस्त छु ।’

चलचित्रका लागि पुष्पले एक्सनको ट्रेनिङ समेत लिनेछन् । उनले भने–‘करिब ६ महिना ट्रेनिङ लिएपछि मात्र काम सुरु हुनेछ ।’ लभ स्टोरी चलचित्रमा जमिरहेका पुष्पको एक्सन अवतार दर्शकका लागि कौतुहलतामा रहने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment