Comments Add Comment

प्रभावनको लोकभाकामा पल र रियाशाको नृत्य

कोरोना कहरको कारण विगतमा जस्तो दशैंको रौनक छैन । यद्यपि संकटकैबीच पनि हिन्दु धर्मावलम्बीको महान चाड दशैं मनाउने सुरसारमा छन् सबैजसो । त्यसैले त कसैलाई किनमेलको चटारो छ भने कसैलाई मुलघर फर्कने हतारो । दशैंको यही पूर्वसन्ध्यामा नयाँ नयाँ गीत–संगीत सार्वजनिक हुने क्रम तिब्र छ ।

त्यसो त पछिल्लो समय संगीत सुन्ने मात्र होइन, हेर्ने पनि हो भन्न थालिएको छ । अर्थात गीतसँगै म्युजिक भिडियो बन्ने ट्रेन्ड जो चलेको छ । यसैबीच एउटा रोमान्टिक लोक गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ, माछी भुल्यो ।

निकै मीठो भाका रहेको गीत प्रभावन जे र भारतिय मुलकी गायिका दीपशिखाले गाएका हुन् । शास्त्रिय गायनमा खारिएकी दीपशिखाले पहिलो पटक नेपाली लोक गीत गाएकी हुन् । उनले ७० भन्दा बढी गीत गाइसकेकी छिन्, त्यसमध्ये एक दर्जन जति नेपाली गीतमा उनको आवाज सुन्न सकिन्छ ।  भारतको लखनाउमा जन्मिएकी दीपशिखा मुम्बाईमा बसोबास गर्छिन् । यससँगै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडयोको निर्देशक उनै प्रभावन जेले गरेका हुन् । नेपाली मौलिक लोक ढाँचाको गीतमा उनले अभिनेता पल शाहलाई अभिनय गराएका छन् । पललाई साथ दिएकी छिन् रियाशा दाहालले । कथानक शैलीमा प्रस्तुत म्युजिक भिडियोमा पञ्चे बाजाले बेग्लै रौनक थपेको छ ।

भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुँमागाईले गरेका हुन् भने कास्टिङ निर्देशन राजाराज गौतमले । कोरियोग्राफी सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, शृंगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई र निर्माण नियन्त्रण श्याम धितालको रहेको छ ।

प्रभावन जेको शब्द रहेको गीतमा एरेन्ज जीवन वढुको छ । गीतको भिडियो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment