+
+
Shares

सरकारी ल्याब बन्द गरेर निजीको उदघाटनमा मन्त्री !

‘सरकारीलाई पुङ्गु बनाएर निजीलाई पोस्ने नीति’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते ९:३३

७ कात्तिक, विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको प्रदेश १ मा कोरोना जाँचका लागि सरकारी स्तरबाट सञ्चालन भएका ल्याबले नयाँ नमुना लिन छाडेका छन् । दशैंको छुट्टी भन्दै सरकारी अस्पतालका ल्याबले नयाँ स्वाब संकलन गर्न छाडेका हुन् ।

सरकारी तहबाट हुने स्वाब संकलन रोकिएकै दिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की विराटनगरका उद्योगीले स्थापना गरेको पीसीआर ल्याबको उदघाटन गर्न पुगेका छन् ।

विराटनगरमा चाउचाउ र बिस्कुटको उद्योग सञ्चालन गर्दै आएका महेश जाजु, पाइप, ट्याङ्की र ग्यास उद्योग सञ्चालन गर्दै आएका नविन रिजाल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र अनिल शाहले सञ्चालन गरेको ल्याब मन्त्री कार्कीले रिबन काटेर उदघाटन गरे । उद्योगीले पाँच करोडको लगानीमा ‘बि सियोर’ ल्याब सञ्चालनमा ल्याएका थिए ।

‘सरकारीलाई पुङ्गु बनाएर निजीलाई पोस्ने नीति’

महामारीको समयमा सरकारी ल्याबको सेवा बन्द गरेर जिम्मेवार मन्त्री निजी ल्याब उदघाटन गर्न जानु लज्जाको विषय भएको अधिकारवादी संस्था पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।
‘महामारीमा सरकारी तहबाट हुने स्वाब संकलन र परीक्षण बन्द गरेर मन्त्री निजी उदघाटनमा जानु लाजमर्दाे विषय हो,’ उनले भने, ‘यस्तो शैलीले सरकार जनताप्रति होइन, व्यापारीप्रति उत्तरदायी भएको देखाउँछ ।’

महामारी उच्च विन्दुमा पुगेका बेला सरकारी तहबाट हुने परीक्षण बन्द गर्न नमिल्ने उनले बताए । ‘सरकारको काम निरन्तर व्यापारी पोस्ने खालको छ,’ उनले भने, ‘प्रदेश र संघको कदमले जनतामा नैराश्यता बढाएको छ ।’

प्रदेश प्रयोगशाला खुला

अस्पतालका प्रयोगशालाले दशैं छुट्टीमा पीसीआर जाँच नगर्ने बताएपछि स्थानीय तहहरुले पीसीआर जाँचका लागि नमुना संकलन बन्द गरेका छन् । अस्पतालले पीसीआर परीक्षण तीन दिन रोक्ने बताए पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ल्याब निरन्तर सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले दशैंको बिदामा पनि ल्याब सञ्चालन गर्ने बताए ।

‘ल्याब सधैं खुला हुन्छ तर परीक्षण चिकित्सकले सिफारिस गरेकाहरुको मात्र हुन्छ,’ कार्कीले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको होइन । उपचार गर्नुपर्ने खालका विरामीको पीसीआर दशैंको छुट्टीमा पनि गर्छाैं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?