Comments Add Comment

रेसेपी : स्वादिलो फ्राई दाल

हामीकहाँ दाल हरेक भान्सामा, हरके छाकमा पाक्छ । तर, सधै एकै बिधीले पकाइएको दालको स्वाद मीठो नलाग्न सक्छ । त्यसैले स्वाद फेर्नका लागि दाललाई फरक–फरक विधीले पकाउन सकिन्छ । दाल अनेकथरी हुन्छ र त्यसको स्वादमा उत्तिकै विविधता पनि । यद्यपी यि धेरैथरी दाललाई मिसाएर पकाउने भने त्यसले अझ बेग्लै स्वाद दिन्छ । यहाँ रहर दाल, चना दाल, मुंग दाल, मुसुरी दालको मिश्रणबाट दाल फ्राई रेसेपी प्रस्तुत गरिएको छ ।

यस रेसेपीमा सबै दाललाई प्रेशर कुकरमा उमालेर, घिउमा भुटेर मरमसलाका साथ पकाउने विधी सिकाइएको छ । घिउमा भुटेको मसालले गर्दा यसको सुगन्ध पनि निकै मीठो आउँछ ।

सामग्री

१. रहर दाल, चना दाल, मुंग दाल, मसुरी दाल बराबरी मिसाएर राख्ने ।

२. मध्यम आकारको एउटा गोलभेडा, प्याज (काटेको)

३. लसुन र अदुवाको पेस्ट

४. हरियो खुर्सानी र धनियाँ (काटेको)

५. दुई ठूलो चम्चा घिउ

६. दालचिनी, ल्वाङ, सुकेको रातो खुर्सानी

७. गरम मसला धुलो, बेसार, खुर्सानीको धुलो, धनियाको धुलो

८. कागतिको रस

कसरी बनाउने ?

-सबै दाललाई एकै ठाँउ मिसाएर १० मिनेटका लागि पानीमा भिजाउने । त्यसपछि प्रेशर कुकरमा राख्ने । त्यसमा नुन हालेर तेज आँचमा पकाउने । पहिलो सिटी लागेपछि मध्यम आँचमा पकाउने । तीन सिटी लाग्ने समयसम्म पकाउने ।

– अर्को कराहीमा मध्यम आँचमा घिउ तताउने । त्यसमा जीरा, सुख्खा रातो खुर्सानी, दालचिनी र ल्वाङ हालेर भुट्ने ।

–  त्यसमाथि लसुन अदुवाको पेस्ट हाल्ने । केहि समयपछि गोलभेडा हालेर नरम हुनेगरी पकाउने ।

-अब गरम मसला, धनियाको धुलो, रातो खुर्सानीको धुलो, बेसार हालेर राम्ररी चलाउने । त्यसमाथि उसिनेको दाल हालेर पकाउने ।

-कागतीको रस र केहि कप पानी हालेर तीन-चार मिनेटसम्म मध्यम आँचमा पकाउने ।

(यसरी तयार भएको दाल बिहान–बेलुकीको खाना, रोटीसँग खान सकिन्छ । दालमात्र पनि खान सकिन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment