
९ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार घर फर्किएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि असोज ३० गते चावहिलको ओम अस्पतालमा भर्ना भएका उनी १० दिनको उपचारपछि घर फर्किएका राप्रपाको केन्द्रीय सचिवालयका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
टाउको दुख्ने,ज्वरो आउने र श्वासप्रस्वासमा समस्या हुने लक्षण देखिएपछि उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।
थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. बिपिन कार्कीलगायतको टिम संलग्न थियो ।
थापाको पछिल्लो पटकको स्वाब परीक्षणको नतिजा भने आएको छैन ।
प्रतिक्रिया 4