Comments Add Comment

खोकनाबासीले प्रधानमन्त्रीलाई दिए सिकाली जात्राको प्रसाद

प्रधानमन्त्रीले लिएनन्, पत्नी राधिका शाक्य र मन्त्री श्रेष्ठले लिए

९ कात्तिक, काठमाडौं । ललितपुरको खोकनास्थित सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राको प्रसाद दिएका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई लगाइदिए ।

आइबार बिहान करिब ९ बजे खोकनाका, रुद्रायणी, इन्द्रायणी लगायत देवी देवताका खलक प्रधानमन्त्री निवास पुगेका थिए । खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार , ललितपुर महानगरपालिका वडा नम्बर २१ का सदस्य ज्ञानभक्त डंगोल बालुवाटार गएका थिए ।

तर कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गरेनन् । खोकनावासीको तर्फबाट देवता खलकले सरकारप्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ ।

स्थानीय डंगोल र देवता खलकले प्रधानमन्त्री ओली र शहरी विकासमन्त्री श्रेष्ठ समक्ष ऐतिहासिक खोकनाको मुख्य जात्रा हुने रुद्रायणी मन्दिरको पुनर्निर्माण गर्न आग्रह गरेका थिए । उनीहरुले भूकम्पले क्षतिग्रस्त सम्पदा पुननिर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

सो अवसरमा  प्रम ओलीले शहरी विकास मन्त्री श्रेष्ठलाई खोकनाको सम्पदा पुननिर्माण गर्ने विषयमा तत्काल अध्ययन गर्न आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले मुलुकको संस्कृति जोगाउन खोकनावासीले खेलेको भूमिका अविष्मरणीय रहेको उल्लेख गर्दै त्यसको लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment