+
+
Shares

खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ कात्तिक १० गते ११:५४

१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।

कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ ।

खुलामञ्चमा दसैँको मुख्य दिन सोमबार पनि ३०० जना जति खाना खानेहरु थिए, उनीहरुलाई हाम्रो टीम नेपालका स्वयंसेवकहरुले दक्षिणा दिए ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खाइरहेकाहरुसँग दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनको भनाइ छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?