Comments Add Comment

अमेरिकी विदेशमन्त्री दक्षिण एसियाली मुलुकको भ्रमणमा

१० कात्तिक, काठमाडौँ । अमेरिकी विदेशमन्त्री माइक पम्पियो दक्षिण एसियाली मुलुकहरुको भ्रमण शुरु गरेका छन् । यस अगाडि नै उनले भ्रमणको उद्देश्य चीनका कारण उत्पन्न थ्रेटको सामना गर्नु रहेको बताइसकेका छन् ।

पम्पियो सोमबार अपरान्ह नयाँ दिल्ली आइपुगेका छन् । भारतमा उनी टु प्लस टु वैठकमा सहभागी हुनेछन् जसको अर्थ हो दुवै देशका विदेशमन्त्रीसँग दुवै देशका रक्षामन्त्रीहरुको वैठक ।

सो वैठकमा दुवै देशका बीचमा रक्षासम्बधी केही सम्झौता हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतले उच्च हिमाली भेगमा आफ्नो सेनाहरुका लागि केही उपकरणको आवश्यकता परेको जनाएको छ जसको विषयमा भ्रमणको समयमा छलफल हुनेछ ।

भारत भ्रमण सकेर उनी माल्दिभ्स र श्रीलकाको भ्रमण जाने छन् । त्यसैगरी उनले बंगलादेशको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इन्डोनेसियाको भ्रमणमा जाने छन् ।

चीनले भने अमरिकी विदेशमन्त्रीको भ्रमणलाई निकै नजिकबाट नियालिरहेको छ । उसले यो भ्रमणको उद्देश्य यस क्षेत्रमा चीनको प्रभाव कम गर्नु भएको र त्यसमा अमेरिका सफल नहुने प्रतिक्रिया दिएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,‘ अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भारत, माल्दिभ्स, श्रीलंका र इन्डोनेसियाको भ्रमण गर्दैछन् । यो भ्रमणको उद्देश्य यी मुलुकहरुलाई चीनविरुद्ध अमेरिकासँग परिचालन गर्नु हो । यसमा अमेरिका सफल हुने छैन ।’

सो पत्रिकाले अगाडि भनेको छ,‘पम्पियोले भ्रमण गर्ने धेरै मुलुकहरुको एक महत्वपूर्ण व्यापार साझेदार चीन हो । पम्पियोले उनीहरुलाई आफ्नो पक्ष लिन आग्रह गर्नेछन् तर प्रश्न उनीहरुले किन पक्ष लिने भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment