Comments Add Comment

थप १३ जना कोरोना संक्रमितको मृत्यु

१० कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, सुनसरीका २, मोरङ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन र तहुँका १/१ जनाको मृत्यु भएको विभिन्न अस्पताल  र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंका ४ महिला र एक जना पुरुषको मृत्यु भएको छ । त्यस्तै भक्तपुर, ललितपुर, काभ्रे र चितवनमा १/१ जना पुरुषको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका-४ सुनसरीका ७९ वर्षका पुरुषको आइतबार दिउँसो ४ बजेर ५ मिनेटमा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्‍यु भएको छ । कात्तिक ६ गते कोरोना भाइरस संक्रमण भएका उनी कात्तिक ९ गते भर्ना भएका थिए । उनमा मिर्गौला र हाइपरटेन्सनको समस्या थियो ।

धरान उपमहानगरपालिका सुनसरीकी ८३ वर्षकी महिलाको सोमबार  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा मृत्यु भएको छ । आइतबार कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भई उनी कात्तिक १० गते अस्पताल भर्ना भएकी थिइन् । उनमा हाइपरटेन्सनको समस्या थियो ।

पथरी शनिश्चरे नगरपालिका मोरङका ६३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक ९ गते राति १० बजे मृत्यु भएको छ । कात्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी कात्तिक ४ गते अस्पताल भर्ना भएका थिए ।

शुक्लागण्डकी नगरपालिका तनहुँका ५० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको उनमा निमोनियालगायतको समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment