Comments Add Comment

बंगलादेशमा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन

१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी सहर ढाकामा मंगलबार हजारौं मानिसहरुले फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन गरेका छन् । फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा नीतिको विरोधमा बंगलादेशमा उक्त प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुत्ला जलाएका थिए । बुधबार ढाकास्थित फ्रान्सेली दूतावासमा प्रदर्शन गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो ।

बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार बंगलादेशमा मंगलबार भएको प्रदर्शनमा करिब ४० हजार मानिसहरु सहभागी थिए । यो प्रदर्शन इस्लामी आन्दोलन बंगलादेशले गरेको थियो ।

म्याक्रोँले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेका थिए । जसको कारण इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको हो । नोभेम्बरको सुरुमा पैगम्बर मोहम्मदमाथि बनेको कार्टुनको विषयलाई लिएर एक शिक्षकको हत्या भएको थियो । उनै शिक्षकलाई श्रद्धाञ्जली दिने क्रममा म्याक्रोँले कार्टुनको विषयमा नझुक्ने बताएका थिए ।

यसै विषयलाई लिएर इस्लामिक ममुलुकहरु फ्रान्सप्रति असन्तुष्ट बनेका छन् । सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले फ्रान्सेली सामान बहिष्कारको अपिल गरेका थिए । उनले दोस्रो विश्वयुद्धपछि यहुदिलाई जस्तै अहिले मुसलमानविरुद्ध अभियान जारी रहेको बताएका थिए । यद्यपि युरोपका अधिकांश मुलुकले भने म्याक्रोँको समर्थन गरेका छन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment