+
+
Shares

रुपन्देही र पाल्पाका थप २ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १२ गते १३:१६

१२ कात्तिक, बुटवल । रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार बिहान साढे ११ बजे र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो ।

७१ वर्षीया महिला असोज ६ गते कोरोना संक्रमण पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालको भर्ना भएकी थिइन् ।

आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए ।

महिला क्यान्सरको दीर्घ रोगी थिइन् ।

तानसेनका पुरुष भने ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका थिए ।

उनको पनि उपचारकै क्रममा मंगलबार राति नै मृत्यु भएको थियो । उनको बुधबार मात्रै पीसीआर रिपोर्ट पोजेसटभ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?