 
																						लुम्बिनी मेडिकल कलेज पाल्पा								
											१२ कात्तिक, बुटवल । रुपन्देही र पाल्पाका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4