Comments Add Comment

युद्धमा परी २०२० मा अफगानिस्तानमा दुई हजारभन्दा बढीको मृत्यु

१२ कात्तिक, काठमाडौं । सन् २०२० को सुरुआती नौ महिनामा अफगानिस्तानमा दुई हजारभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

यूएन एसिस्टेन्स मिसन इन अफगानिस्तान (यूएनएएमए)ले मंगलबार सार्वजनिक गरेको त्रैमासिक विवरणअनुसार सुरुआती नौ महिनामा अफगानिस्तानमा सरकार र विद्रोही संगठनबीचको युद्धमा परी दुई हजार ११७ नागरिकको मृत्यु भएको हो । साथै युद्धको क्रममा तीन हजार ८२२ जना घाइते भएका छन् ।

यूएनएएमएले सार्वजनिक गरेको प्रतिवेदनमा अफगानिस्तान सबैभन्दा धेरै मानिसहरु मारिने स्थान बन्न पुगेको उल्लेख छ । पछिल्लो समय दिनानुदिन बढ्दो क्रममा रहेको हिंसाको कारण नागरिकहरुको जीवन तहसनहस भएको प्रतिवेदनमा उल्लेख छ ।

भाइते तथा मृत्यु हुनेको यो संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत कम हो तर सरकारी वार्ता टोली र तालिबानबीच वार्ता सुरु भइसक्दा पनि युद्धमा प्रभावित हुने मानिसको संख्या भने नघटेको भन्दै यूएनएएमएले चिन्ता व्यक्त गरेको छ । ४५ प्रतिशत घाइते तथा मृतकको घटनामा तालिबान जिम्मेवार देखिएको छ । २३ प्रतिशत घटनामा सरकारी सेना जिम्मेवार देखिएका छन् ।

अमेरिकी सेना पनि दुई प्रतिशत घटनामा दोषी देखिएका छन् । गत महिनादेखि तालिबान र सरकारी टोलीबीच जारी वार्तामा खासै प्रगति हुन सकेको छैन । तर, यो अवधिमा अफगानिस्तानमा हिंसा भने झन् बढेको छ ।

स्रोत : अलजाजिरा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment