Comments Add Comment

महोत्तरीबाट लागूऔषधसहित तीन जना पक्राउ

१२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरबाट दुई जनालाई र गौशाला नगरपालिकाबाट एक जनालाई पक्राउ गरिएको हो ।

भारतबाट लागूऔषध लिएर आउँदै गरेका दोलखाको ठुलोपातल गाउँपालिका ९ का २७ बर्षीय असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिका ५ बस्ने २७ बर्षीय मनोज भुजेललाई जलेश्वर नगरपालिका– ३ बाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट निट्राभेट–१० लेखिएको ट्याबलेट १५ सय थान फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।

यस्तै, गौशाला नगरपालिका वडा नम्बर ५ स्थित गौशाला बिसहरपुर सडक खण्डबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय गौशालाको टोलीले पैदल हिँडिरहेका गौशाला नगरपालिका–५ बस्ने २० बर्षीय अमित कुमार साहलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

साहको साथबाट निट्राभेट ६० थान, स्पास्मोप्रोक्सिरोन प्लस क्याप्सुल २३ थान र एक्सिप्लोन सय एमएलको ५ बोतल सिरप फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्व लागूऔषध मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment