Comments Add Comment

टाइगरले सुरु गरे ‘बाघी ४’को तयारी

बलिउड नायक टाइगर श्राफको एक्सनको फ्यान विश्वभरका मानिस छन् । उनको एक्सन हेर्नकै लागि दर्शक हलसम्म पुग्ने गरेका छन् ।

उनै, टाइगर श्राफका लागि चलचित्र ‘बाघी’ लक्की मानिन्छ । यो चलचित्रले उनको करिअरमा ठूलो असर पारेको छ । चलचित्र ‘बाघी ३’ रिलिज लगतै कोरोना महामारी चल्यो । जसलेगर्दा, चलचित्रले बक्स अफिसमा आशातित कमाई त गर्न सकेन, साथै हलमा पनि लामो समय चल्न पाएन । तर, यसले यसको मेकरलाई खासै असर परेको छैन ।

निर्माता साजिद नाडियाडवालाले चलचित्र ‘बाघी ४’को तयारी सुरु गरेका छन् । चलचित्र ‘बाघी ३’कै निर्देशन अमेद खानले यो चलचित्रको निर्देशन गर्नेछन् । चलचित्र ‘बाघी ३’को कमजोरीलाई समिक्षा गरेर यसको मेकरले नयाँ शैलीमा ‘बाघी’ सिरिजको चौथो भाग बनाउन लागेको हो ।

यसअघि यही टिमसँग नायक टाइगर श्राफले चलचित्र ‘हिरोपन्ती २’को छायांकन सुरु गर्नेछन् । यो चलचित्रको छायांकन डिसेम्बरदेखि हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment