Comments Add Comment

चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?

Photo Credit : Xinhua/Hu Huhu

१३ कात्तिक, काठमाडौं । चीनको उत्तरपश्चिममा रहेको सिन्चियाङ वीगर स्वायत्त प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएको छ । यो प्रान्तको दक्षिणी क्षेत्र काशगरमा नयाँ संक्रमण देखिएको हो । सिन्चियाङमा अहिले २२ जना लक्षण देखिएका र १६१ लक्षण नभएका सक्रिय संक्रमित छन् । यी सबै संक्रमित काशगरको दक्षिणी क्षेत्रमा भेटिएका हुन् । पछिल्लो समय देखिएको संक्रमण नियन्त्रणका लागि सिन्चियाङ प्रान्तले तीव्र गतिमा आफ्नो नयाँ प्रविधिको प्रयोग गर्दै कोरोना नियन्त्रणको काम गरिरहेको छ ।

गत शनिबार कोरोनाका लक्षण नभएका संक्रमित भएसँगै काशगरमा सतर्कता बढाइएको थियो । यससँगै सिन्चियाङको सरकारले चीनको सहयोगमा तत्काल कोरोना नियन्त्रणको लागि आपतकालीन कदम चाल्यो । संक्रमितसँग निकट सम्बन्ध रहेका सबैलाई क्वारेन्टिनमा राखियो र ठूलो संख्यामा मानिसहरुको परीक्षण अघि बढाइयो । मंगलबार साँझसम्म काशगर क्षेत्रका सबै मानिसको कोरोना परीक्षण सकिएको थियो । जहाँ केवल चार दिनमा ४७ लाख ४० हजार मानिसको कोरोना परीक्षण गरिएको थियो ।

कोरोनाको नयाँ संक्रमण देखिएसँगै मानिसहरु सबैलाई घरभित्रै क्वारेन्टिनमा राखियो । यस्तोमा उनीहरुलाई दैनिक आवश्यकताका सामग्रीहरु भने समुदायिक कार्यकर्ताहरुले घरमा नै पुर्‍याइदिन्थे । संक्रमित पहिचान गरिसकेपछि अहिले पुनः बिस्तारै यहाँको जनजीवन समान्य बन्ने क्रममा छ । अधिकारीहरुले यहाँ कोरोना संक्रमण कम भइसकेकाले आवश्यकता सतर्कता अपनाएर मानिसहरुलाई बाहिर निस्किन र घुमफिर गर्न आग्रह गरेका छन् ।

स्रोत : सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment