+
+
Shares

बेहुली बनिन् काजल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते १०:३८

बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफन प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

काजोलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गर्दैछन् । काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।

बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनको लोकप्रियता लोभलाग्दो छ । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन् । काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?