+
+
Shares

चितवनमा कोरोना संक्रमित २ जना पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते ११:४३

१४ कात्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो ।

चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. अधिकारीका अनुसार उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनको पनि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?