Comments Add Comment

पोखरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

१४ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै बस्दै आएका थिए ।

शुक्रबार बिहान मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको थियो ।

शुक्रबार दुई जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment