Comments Add Comment

झडपका क्रममा मारिएका मुकेशको ८ दिनपछि अन्त्येष्टि

फोटो सौजन्य : अमित अग्रवाल

१४ कात्तिक, काठमाडौं । पर्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपका क्रममा मारिएका मुकेश चौरसियाको ८ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ ।

बिहीबार सरकारी वकिलको कार्यालयमार्फत पर्सा प्रहरीले १२ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्ट मृतकका परिवारले चौरसियाको शव बुझेर अन्त्येष्टि गरेको हो ।

पीडित परिवारले हत्यामा संलग्नविरुद्ध जाहेरी दिएपनि प्रहरीले दर्ता गर्न नमान्दा ८ दिनदेखि चौरसियाको शव वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको थियो ।

यो पनि पढ्नुहोस वीरगञ्जका नेकपा नेताको वयान : मुकेश चौरसियाको हत्या कसरी भयो ?

मुकेशको शवलाई उनकै गाउँ विन्दवासिनी गाउँपालिकास्थित बहुअर्वाभाठामा लगेर शुक्रबार साँझ अन्त्येष्टि गरिएको हो । मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।

अन्त्येष्टिमा नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।

नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीकोसपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस चौरसियाको मृत्युमा दोषी जोसुकै भए पनि कारबाही गर : प्रचण्ड यो पनि पढ्नुहोस चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment