Comments Add Comment

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

१३ कात्तिक, काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उनको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ ।

पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो ।

पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए । किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन ।

यसअघि जाहेरी लिन अस्वीकार गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुले पर्सामा प्रहरी कार्यालयबाहिर प्रदर्शन र नाराबाजी गरेका थिए ।

प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले एकसातादेखि चौरसियाको शव समेत बुझेका थिएनन् । प्रहरीले जाहेरी लिएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझ्ने तयारी भइरहेको र पोष्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए ।

चौरसियाको शवलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीकोसपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment