Comments Add Comment

अस्ट्रेलियामा पाँच महिनापछि शून्यमा झर्‍यो कोरोनाका नयाँ संक्रमितको संख्या

Photo Credit : Reuters

१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियामा करिब पाँच महिनामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । अस्ट्रेलियाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा कोरोनाका कुनै पनि संक्रमित भेटिएका छैनन् । यससँगै अस्ट्रेलियालाई आगामी दिनमा सामाजिक गतिविधिमा लगाइएका प्रतिबन्ध खुकुलो पार्ने बाटो खुलेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित भिक्टोरियामा लगातार दोस्रोदिन कुनै पनि संक्रमित भेटिएका छैनन् । अस्ट्रेलियाको भिक्टोरियामा कोरोनाबाट मृत्यु हुनेको ९० प्रतिशतभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म समग्र अस्ट्रेलियामा ९०७ जनाको मृत्यु भएको छ । साथै अहिलेसम्म अस्ट्रेलियामा २७ हजार ५९५ संक्रमित फेला परेका छन् ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले जुन ९ यता पहिलोपटक अस्ट्रेलियामा कुनै संक्रमण नदेखिएको भन्दै आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

गत शुक्रबार अस्ट्रेलियाले आफ्ना नागरिकलाई कोरोना संक्रमणको जोखिम रहेको भन्दै अमेरिका भ्रमण नगर्न सुझाव दिएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment