Comments Add Comment

उपत्यकामा तरकारीको मूल्य घट्यो कि बढ्यो ?

१६ कात्तिक, काठमाडौं । दशैं अघिको तुलनामा काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलको भाउमा केही उतारचढाव देखिएको छ । दशैं सुरु भएको पहिलो साताको तुलनामा दशैं सकिँदा २७ प्रकारका तरकारी तथा फलफूलको भाउ घटेको छ ।

हरियो खुर्सानी, धनीया, च्याउ, रायो साग, बरेला, हरियो फर्सी लगायतको तरकारीको भाउ धेरै घटेको छ । यस अवधिमा घिरौंलाको भाउ नै प्रतिकिलो १७ रुपैयाँले सस्तीएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

भाउ घटेका तरकारी मूख्य तरकारी

तरकारीको नाम  औषत थोक मूल्य   
कार्तिक १ कार्तिक १६
१. गोलभेडा सानो ६५ ५८
२. आलु रातो ९४ ९१
३. काउली स्थानीय ७८ ६५
४. मूला लोकल ३३ २८
५. भन्टा लाम्चो ५५ ३८
६. घिउ सिमी ४० ३३
७. लौका ४८ ३३
८. परवर ९५ ७८
घिरौला ५० ३३
१० बरेला ६० २८
११ रायो साग ५५ २२
१२. प्याज हरियो १४५ ९५

दशैं लगत्तै २५ वटा तरकारी तथा फलफूलको भाउ भने बढेको छ । उत्पादन सिजन सकिएको तथा भारतबाट आउने तरकारीको भाउ यस अवधिमा बढेको व्यवसायी बृजभुसन मल्लिक बताउँछन् ।

यस्तै बजारमा भर्खरै आउन सुरु भएर माग उच्च रहेका तरकारीको मूल्य पनि केही मात्रामा बढेको छ । नेपाली गोलो गोलभेडा, भारतीय रातो आलु, सुकेको प्याज, करेला, तनेबोडी र कांक्रोको मूख्य उत्पादन सिजन सकिएकाकारण मूल्य बढेको छ ।

भर्खरै बजारमा आउन थालेको पालुंगो र चमसुरको साग लगायतको तरकारीको भाउ पनि यस अवधिमा बढेको छ ।

भाउ बढेका मुख्य तरकारी

तरकारीको नाम  औषत थोक मूल्य

 

कार्तिक १ कार्तिक १६
१. भारतीय रातो आलु ६१ ६८
२. सुकेको भारतीय प्याज १११ १२८
३. बन्दा ४८ ५५
४. तने बोडी ८५ ९८
५. तिते करेला ५५ ६८
६. पालुंगो साग ६५ ९५
७. चमसूर साग ६५ ९५
८. कांक्रो लोकल ४५ ९५
९. कांक्रो हाईब्रिड २८ ४८
१० अदुवा ६५ ७५
११ अकबरे खुर्सानी ३२५ ३५५

बजार विकास समितिको तथ्याङ्कअनुसार दशैं अघि र पछिको अवधिमा १० वटा तरकारी तथा फलफूलको मूल्य भने स्थिर छ ।

टनेलको सानो गोलभेडा, मकै बोडी, पाकेको फर्सी, भिण्डी, भारतीय स्याउ, गुन्द्रुक लगायतका तरकारीको थोक मूल्यमा भने कुनै फरक देखिएको छैन् ।

मूल्य स्थिर रहेका तरकारी

तरकारीको नाम  औषत थोक मूल्य   
कार्तिक १ कार्तिक १६
१. टनेलको सानो गोलभेडा ७५ ७५
२. मकै बोडी ३८ ३८
३. पाकेको फर्सी ३३ ३३
४. भिण्डी ७८ ७८
५. गुन्द्रुक २९५ २९५
६. केरा ८५ ८५
७. ताजा माछा १९५ १९५

दशैंको पछिल्लो १५ दिनमा कालीमाटी फलफूल तथा तरकारी बजारमा ६७ लाख ४७ हजार किलो तरकारी तथा फलफूल र माछा भित्रिएको छ ।  जसमध्ये ५४ लाख किलो हरियो तरकारी मात्रै छ ।

कात्तिक पहिलो साता दैनिक कम्तिमा तीन लाखदेखि ६ लाख किलोसम्म तरकारी भित्रिएको बजारमा दशैं अवधिमा निकै कम मात्रामा तरकारी भित्रिएको थियो ।

औसत ७ लाख किलो तरकारी भित्रिने बजारमा दशैंभरी एक लाख ५७ हजार देखि तीन लाख किलोसम्म मात्रै तरकारी भित्रिएको थियो । दशैं बिदा सकिएपछि भने बजारमा तरकारीको आयात बढेको छ ।

कात्तिक १३ गते बजारमा ४ लाख १३ हजार किलो तरकारी आएको थियो । यस्तै १४ गते ३ लाख ९२ हजार किलो र १५ गते ४ लाख ६२ हजार किलो तरकारी बजारमा आएको थियो ।

बजारमा आउन थाल्यो चिनियाँ प्याज

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा चीनबाट प्याज आयात हुन थालेको छ । लसुन र फलफूलसंगै ट्रायलका रुपमा व्यवसायीले थोरै मात्रामा बजारमा चिनियाँ प्याज ल्याएको बजार विकास समितिले जनाएको छ ।

ठूलो दाना र अलि धेरै पानी हुने भएकाले उपभोक्ताले कम मात्रामा चिनियाँ प्याज खरिद गरेको एक व्यवसायीले बताए ।

गत शुक्रबार कालीमाटी तरकारी बजार विकास समितिले चिनियाँ प्याजको प्रतिकिलो मूल्य १३० रुपैयाँ तोकेको थियो । अहिले भने समितिको मूल्य सूचीमा चिनियाँ प्याजको मूल्य उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment