Comments Add Comment

अर्मेनियासँग अन्त्यसम्म युद्ध गर्ने अजरबैजानको अडान

Photo Credit : AFP

१७ कात्तिक, काठमाडौं । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले अजरबैजानसँग आफ्ना सैनिकले अन्त्यसम्म लड्ने बताएका छन् । उनले विवादित भूमि नागोर्नो काराबखलाई अर्मेनियाको कब्जाबाट छुटाएर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । आइतबार टर्कीका विदेशमन्त्रीसँगको भेटवार्तापछि अलियेवले यस्तो बताएका हुन् । साथै उनले अर्मेनियाले यो युद्धमा रुसी सेनाको सहयोग माग्ने कुनै आधार नभएको बताएका छन् ।

अहिले यो अजरबैजान–अर्मेनियाको युद्धमा टर्कीको सहयोगले धेरैको ध्यान खिचेको छ । टर्की अजरबैजानको सहयोगी मुलुक हो । पछिल्लो समय युद्धमा टर्कीको प्रभाव बढ्दो क्रममा देखिएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रुससँग यो युद्धमा सहयोगका लागि आग्रह गरेका छन् । रुसको अर्मेनियासँग सैन्य सम्बन्ध पनि रहँदै आएको छ ।

रुसले भने अर्मेनियाको आग्रहको जवाफ दिँदै अर्मेनियाको भूमिको रक्षाका लागि आवश्यक सबै सहयोग गर्ने भएको छ । अर्मेनियाको भूमि अहिले युद्ध जारी रहेको भागभन्दा बाहिर पर्छ ।

अजरबैजानका राष्ट्रपति अलियेवले यो समस्या आफू वार्ताको माध्यमबाट समाधान हुनुपर्ने पक्षमा रहेको र त्यसको परिणामस्वरुप धार्मिक अर्मेनियाली सेना विवादित भूमिबाट हट्नुपर्ने बताएका छन् । अन्यथा यो युद्धमा आफूहरु निरन्तर सहभागी हुने र अन्त्यसम्म लड्ने उनको भनाइ छ ।

यी दुई मुलुकको बीचमा विवादित भूमिको विषयलाई लिएर युद्ध सुरु भएको छैटौं सातामा पनि युद्ध जारी छ । दुवै पक्षले यो आक्रमणमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment