Comments Add Comment

कर्णालीमा थपिए ५२ कोरोना संक्रमित, १८ जना डिस्चार्ज

१७ कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका २१ जना रहेका छन् । जसमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुई/दुईजना रहेका छन । अन्य कन्ट्याक्ट ट्रेसिङ रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाका नौं जना, दैलेखका आठ जना, कालीकोटका पाँच जना, जाजरकोटका दुई जना, मुगुका एकजना र अन्य प्रदेशका ६ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ५ हजार ९११ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्यांक अनुसार सोमबार प्रदेशमा थप १८ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ५८ पुगेको छ ।

प्रदेशभर हालसम्मा ७११ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment