Comments Add Comment

प्रदीप नेपालको घरमा पुगेर माधव नेपालले भने- ओलीलाई सम्झाउनुहोस्

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल नेता प्रदीप नेपाललाई भेट्न उनकै घरमा पुगेका छन् ।

नेता नेपाल सोमबार साँझ गोठाटारमा पुगेका थिए । स्रोतका अनुसार कुनै बेला घनिष्ठ सम्बन्धमा रहेका नेताहरू माधव र प्रदीप नेपालबीच लामै संवाद भएको थियो ।

भेटमा प्रदीप नेपालले पार्टीका वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान सुझाव दिएका छन् ।

एउटै सैद्धान्तिक पृष्ठभूमि र संघर्षबाट आएका नेताहरु मिलेर जानु नै उपयुक्त हुने बताएका थिए । विशेषगरी जनताको बहुदलीय जनवाद  (जबज) का लागि पनि मिल्नुपर्ने भन्दै उनले त्यसको वातावरण बनाउने बताए ।

माधव नेपालले भने समस्या आफूमा नरहेको जवाफ दिएका थिए । ‘एउटै पार्टीका नेताहरु किन नमिल्ने ? समस्या केपी ओलीमै छ’, माधव नेपालको भनाइ थियो ।

उनले पार्टी अध्यक्ष ओलीलाई सम्झाउन समेत नेता नेपाललाई आग्रह गरेका छन् ।

शनिबार मात्रै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग दुई नेता (ओली-नेपाल) मिलाइ दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रदीप नेपालको निवास पुगेका थिए ।

उनीहरुलाई आफू सक्दो सहयोग गर्ने बचन दिएका नेता नेपालले सोमबार माधव नेपाललाई फोन गरेका थिए । माधव नेपाल पनि जौरसिंपौवाको कार्यक्रममा रहेकाले र्फकंदा प्रदीप नेपालको निवासमा छिरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment