+
+
Shares

नेपाल एयरलाइन्सले फेर्‍यो ३६ वर्ष पुरानो ‘प्लानिङ सफ्टवेयर’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १६:१३

१८ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले ३६ वर्ष पुरोना प्लानिङ सफ्टवेयरलाई विस्थापन गर्दै नयाँ सफ्टवेयरमा प्रवेश गरेको छ । पाइलटले जहाजको ककपिटमा जानु अगाडी आवश्यक सबै सूचना यसै सफ्टवेयरमार्फत लिने गर्छन् ।

मौसमको पूर्वानुमान, विमानस्थलमा भएका अवरोधहरु, आकासमा गन्तब्य रुटको अवस्थादेखि जहाजको भारबहन क्षमता र उक्त उडानको भारसमेत यसै सफ्टवेयरबाट हेर्न सकिन्छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल एयरलाइन्सले यसअघि ‘एसआइटीए फ्लाइट प्लानिङ सफ्टवेयर’ प्रयोग गरिरहेको थियो ।

यो सफ्टवेयर १९८४ मा जडान गरिएको थियो । सो सफ्टवेयर विस्थापित गरी अब एयरबस कम्पनीले निर्माण गरेको ‘एनएभीबीएलयूई फ्लाइट प्लानिङ (एन-एफपी)’ प्रयोग थालेको हो ।

नेपाल एयरलाइन्सले २९ अक्टोवरबाट औपचारिक रुपमा नयाँ सफ्टवेयरबाट काम थालेको जनाएको छ । यसले यसअघिको सिस्टमको तुलनामा ३० प्रतिशतसम्म खर्च बचत हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन समेत कम्पनी प्रतिवद्ध रहेको समेत उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?