+
+
Shares

एक्सनएड नेपालद्वारा साढे १ करोडको व्यक्तिगत सुरक्षा सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १६:५८

१८ कात्तिक, काठमाडौं । एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई साढे एक करोड बढीको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई ) सहयोग गरेको छ ।

संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँको ९ हजार ४५७ थान सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मंगलबार हस्तान्तरण गरेकी हुन् ।

कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि यो सामग्री मन्त्रालयलाई सहयोग गरिएको एक्सनएड नेपालले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘यी सामग्रीहरुलाई मन्त्रालयले आवश्यकता रहेका ठाउँमा पठाउनेछ, सचिव अर्यालले भने,’ अहिलेको परिवेशमा स्वास्थ्यकर्मीलाई आफू जोगिएर कोरोना संक्रमणबाट अरुलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

कार्यक्रममा सहभागी समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले गैरसरकारी संस्थाहरुलाई कोभिड लक्षित कार्यक्रमहरु बनाउनको लागि अनुरोध गरिएको स्मरण गर्दै एक्सनएडले सोही अनुसार सामग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा संस्थाकी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा सेवा दिनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सहयोग गरिएको सामग्रीमध्ये ४ हजार थान मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने र बाँकी रहेको ५ हजार ४५७ थान सँस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार सँस्था तथा स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य सँस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने छ ।

एक्सनएड नेपालले कोरोना महामारी तथा यसको असरबाट गरीब तथा सीमान्तकृत समुदायलाई बचाउनका लागि सचेतना अभिवृद्धिका साथै रोकथाम, राहत वितरण तथा सुरक्षा सामग्री वितरणलगायत काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?