+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

भारतीय सेना प्रमुखलाई मानार्थ महारथी उपाधि नदिऔं : सीपी मैनाली

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १७:०४

१८ कात्तिक, काठमाडौं । नेकपा मालेले भारतका सेना प्रमुख मणिमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने बताएको छ । मंगलबार विज्ञप्ति जारी गरी महासचिव सीपी मैनालीले मानार्थ महारथी उपाधि दिँदा कालापानी क्षेत्रमा भारतले गरेको नेपाली भूमि कब्जालाई प्रकारान्तरले सामान्य कार्य ठानेको सन्देश जाने बताएको छ ।

‘त्यति मात्र होइन, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारत सरकारको सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभुषित गर्नु किमार्थ पनि उपयुक्त हुँदैन’ मैनालीले भनेका छन् ‘तसर्थ दुई देशका सेनाध्यक्षलाई एक अर्काले ‘मानार्थ महारथी’को पदवीले विभुषित गर्ने प्रचलनलाई नै अन्त्य गरिनुपर्दछ ।’

नेकपा मालेले भारतीय सेना प्रमुखको नेपाल भ्रमणको पनि विरोध जनाएको छ । नरवणेले कालापानीका विषयमा नेपाली जनता र सरकारद्वारा लिइएको अडानलाई ‘अरु कसैको उक्साहटद्वारा गरिएको’ भनी २०७७ सालको जेठ २ गते नयाँ दिल्लीको एक सार्वजनिक कार्यक्रममा बोलेको भन्दै उनलाई स्वागत गर्नु उचित नहुने बताएको हो ।

‘उनले आफ्नो उपरोक्त लाञ्छनालाई फिर्ता नलिएको अवस्थामा उनलाई नेपाल सरकारले यस प्रकार स्वागत गर्दा उनका गलत अभिब्यक्तिहरुलाई समर्थन गरेको सन्देश नेपाली जनतामा जानेछ’ मालेका महासचिव मैनालीले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?