
१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ ।
कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।
निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलेक्टोरल भोट निर्णायक हुनेछ । ‘ब्याटल ग्राउन्ड’ भनिने यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4