+
+
Shares

निर्देशक खनाललाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १३:३८

चलचित्र ‘पशुपति प्रसाद, आमा’ जस्ता सफल चलचित्रका निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । उनका पिता श्यामकुमार खनालको निमोनियाको कारण उपचारका क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।

खनालका ३ छोरा र एक छोरी छन् । निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘दि यूगदेखि यूगसम्म’ निर्देशन गरेर चलचित्र क्षेत्रमा पाइला राखेका थिए । यसपछि उनले ‘पशुपति प्रसाद, आमा’ जस्ता गहकिला चलचित्र यो क्षेत्रलाई दिएका छन् ।
उनी चलचित्र ‘चिसो मान्छे र लकडाउन’ निर्देशन गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?