+
+
Shares

लोकसेवाद्वारा सहसचिव र उपसचिवको दर्खास्त स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १६:०३

१९ कात्तिक, काठमाडौं । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज २८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम रोकेको हो ।

लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरुका लागि दरखास्त नलिइने जानकारी दिएको छ ।

आयोगले असोज २८ गते ११ औं र ९‍‍औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो ।

राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक/अप्राविधिक) र स्वास्थ्य सेवाका ११औं र ९औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?