Comments Add Comment

सहकर्मीको हत्या अभियुक्त २३ वर्षपछि पक्राउ

१९ कात्तिक, काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका एक अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरोले रामेछापको खाडदेवी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–५ थसीखेलस्थित महालक्ष्मीस्थान बस्ने ध्रुव भनिने ४७ वर्षीय मनकाजी श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो ।

व्यूरोका अनुसार २०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर भएका करिब १८ वर्षीय श्याम खड्काको हत्या गरी उनी फरार भएका थिए । श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालतले २०७४ कात्तिक २८ गते वारेण्ट समेत जारी गरेको थियो ।

ललितपुर महानगरपालिका–५ थसीखेलबाट पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment