+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १४:०५

२० कात्तिक, धनगढी । कोरोना संक्रमण भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् ।

कात्तिक १५ गते मन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ५ दिन होम आइसोलेसनमा रहेका उनी नाकबाट रगत बग्नथालेपछि बिहीबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल भर्ना भएका हुन् ।

‘एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री ज्यूलाई अस्पताल भर्ना गरिएको हो,’ स्वकीय सचिव जङ्ग विकले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ ।’

मन्त्री शाहको उपचारमा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर, नाक कान घाटी रोग विशेषज्ञ अशोक श्रृपाइलीलगायतको टोली खटिएको छ ।

उपचारमा खटिएका चिकित्सकले उनको अवस्था सामान्य रहेको बताएका छन् । ‘अहिले रगत बग्न रोकिएको छ,’ मन्त्रीको उपचारमा संलग्न डा. कमरले भने, ‘सामान्य ज्वरो छ ।’

मन्त्रीको सचिवालयका अनुसार समस्या जटिल हुन सक्ने भन्दै उपयुक्त स्थानमा लैजान चिकित्सकले सुझाव दिएका छन् ।

‘अहिले सामान्य भए पनि नाकभित्रको समस्या जटिल हुन सक्छ,’ उपचारमा संलग्न चिकित्सकलाई उदृध गर्दै स्वकीय सचिव विकले भने, ‘समस्या बढे खतरा हुन सक्छ भन्दै अन्यत्रै लैजान सुझाव दिएका छन् ।’

कात्तिक १५ मा मन्त्री शाहसँगै उनकी पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री पत्नीको अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?