+
+
Shares

न्यायपरिषद् सदस्य नियुक्तिमा पनि ओली र प्रचण्ड–नेपाल समूहको विवाद

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १४:१९

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद भएको छ ।

नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग अलग नाम प्रस्ताव गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् ।

यसबारे प्रचण्ड–नेपाल समूहले बिहीबार कानून व्यवसायीहरुसँग समेत परामर्श गरेका छन् । ‘हामीले पहिला सिफारिस भएर पनि काम गर्न नपाएको, वरिष्ठ पनि भएकाले उहाँ (श्रेष्ठ) लाई सिफारिस गरौं भनेका छौं’ पेरिसडाँडामा भएको छलफलमा सहभागी एक नेताले भने, ‘उहाँहरुले महेश नेपाललाई सिफारिस गर्न चाहेको बुझेका छौं ।’

न्यायपरिषदले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने काम गर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?