Comments Add Comment

३ महिनामै गुगलले कमायो ५० खर्ब, महामारीमा फेसबुकलाई पनि फलिफाप

विश्वव्यापी कोभिड-१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ ।

अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेश्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ ।

जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्वपूर्ण वृद्धि कायम गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा भन्दा गुगलले यो पटक गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी भएको छ । साथै गुगलले यो अवधिमा ११ अर्ब २० करोड डलर खुद आय गर्न सफल भएको छ ।

गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाइले एक वक्तव्यमा गत त्रैमासिक कम्पनीका लागि निकै सबल रहेको भन्दै यो सफलता आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधिमा गरिएको गहन लगानीको परिणाम भएको बनाएका छन् ।

गुगलले सार्वजनिक गरेको त्रैमासिक रिपोर्टले त्यसअघिको कम्पनीको निरासाजनक त्रैमासिकलार्य समेत बिर्साएको छ । सन् २०२० को दोश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा पहिलोपटक गिरावट आएको थियो ।

जबकि तेश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा अघिल्लो वर्षको सोही त्रैमासिकको अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा गुगल सर्च विज्ञापन आयमा ६.५ प्रतिशत र युट्युब विज्ञापन आयमा ३२ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकलाई महामारी फलिफाप

कोरोना भाइरस महामारी विश्वका प्रविधि कम्पनीहरुका लागि निकै फापिरहेको बेला फेसबुकलाई पनि यो फलिफाप बनिरहेको छ । तथापि अनिश्चितता भने कायमै रहेको फेसबुकले जनाएको छ ।

विश्लेषकहरुको अनुमानलाई गलत सावित गर्दै तेश्रो त्रैमासिक अवधिमा फेसबुकले २१ अर्ब ४७ करोड डलर आम्दानी गर्न सफल भएको छ ।

फेसबुकको यो आय गत वर्षको तेश्रो त्रैमासिकको भन्दा २२ प्रतिशतले बढी हो । त्यसैगरी यस अवधिमा फेसबुकको खुद आय ७ अर्ब ८५ करोड भएको छ ।

कम्पनीले जारी गरेको तेश्रो त्रैमासिक रिपोर्टअनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ७४ करोड पुगेको छ ।

जुन अघिल्लो वर्षको भन्दा १२ प्रतिशत बढी हो । इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपलगायतका फेसबुकका विभिन्न एपहरुका कूल प्रयोगकर्ताको संख्या चाहीँ ३ अर्ब २१ करोड रहेको छ । यो अघिल्लो वर्षभन्दा १४ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment