+
+
Shares

काठमाडौंबाट चरेससहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १६:१९

२० कात्तिक, काठमाडौं । काठमाडौंको गौरिघाटबाट अवैध लागूऔषध चरेश सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–७ स्थित गौरिघाट क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट १.८ केजी चरेश बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?