Comments Add Comment

कर्णालीमा थपिए ५३ जना कोरोना संक्रमित

फाइल तस्वीर

२० कात्तिक, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्ये सुर्खेतका मात्रै ४० जना रहेका छन । जसमध्य थुनुवा र व्यपारी पाँच/पाँचजना, कर्मचारी ६ जना, विद्यार्थी दुईजना, नेपाल आर्मी, स्वास्थ्यकर्मी, सवारी चालक र शिक्षक एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै दैलेखका आठजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र अन्य प्रदेशका दुईजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ५७ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप चार जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार २६७ पुगेको छ ।

प्रदेशभर हालसम्मा ६६५ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment