+
+
Shares

ग्लोबल आइएमइ बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १०:३८

ग्लोबल आइएमइ बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा उक्त सेवा संचालन गरेको हो।

झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरिएको छ।

यो बैंकिङ्ग सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिन्छ।

यो बैंकको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय रहेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?