Comments Add Comment

रौतहटमा निषेधाज्ञा : महोत्सव र सभा जुलुस गर्न प्रतिबन्ध

२१ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २१ गते राति १२ बजेदेखि मंसिर १७ गतेसम्म जात्रा, महोत्सव, सभाजस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गरी प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम रहेकाले मानिस भेला हुने गतिविधि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचना अनुसार सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रम गर्न पाइने छैन । त्यस्तै जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, मानिसहरु भेला हुन, सभा जुलुस वा प्रदर्शनी गर्न पनि पाइने छैन ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका गतिविधि गर्न, चाडपर्वमा हुने जमघट, गोष्ठी, सेमिनार, तालिम पनि मापदण्ड र प्रोटोकल विपरीतका काम गर्न पनि निषेध गरिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, प्रदर्शनी, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न, उद्योग कल कारखाना, ब्यापार, ब्यवसाय, निर्माण आदि काम गर्न र श्रमिकको ओसार पसार गर्न पनि बन्द गरिएको छ ।

त्यस्तै अनलाइन माध्यम वा दूरशिक्षाबाहेक अन्य तरिकाले पठक पाठन गर्न पनि रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment