Comments Add Comment

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ६७ वर्षीया महिलाको मृत्यु

२२ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।

यो पनि पढ्नुहोस भेरी अस्पतालमा दाङका कोरोना संक्रमितको ज्यान गयो यो पनि पढ्नुहोस कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment