Comments Add Comment

‘अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो’

२२ कात्तिक, काठमाडौं । अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ ।  आज काठमाडौं उपत्यकामा यो वर्षको जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । पोहोर साल यही समयको तुलनामा आज कम तापक्रम मापन भएको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।

‘पोहोर साल नोभेम्बर महिनाको पहिलो हप्ताको तुलनामा अहिलेको तापक्रम एक–दुई डिग्री कम हो,’ मौसमविद मानन्धरले अनलाइनखबरसँग भनिन् । उनले अब दिनहुँ तापक्रम घट्दै जाने र जाडो बढ्ने बताइन् ।

हाल दिउँसो घाम लाग्ने गरे पनि बिहान र साँझ चिसो महसुस हुने गरेको छ ।  काठमाडौं उपत्यकामा बिहानपख कुहिरो लाग्न थालेको छ । अब हुस्सु पनि बढ्दै जाने अनुमान छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसपछि सबैभन्दा कम डडेलधुराको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment