
‘ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा नायिका दीपिका प्रसाँइको करिअर बलियो देखिएको थियो । पहिलो चलचित्रबाट नै उनले धमकेदार प्रवेश यो क्षेत्रमा गरिन् । यसपछि उनले चलचित्र ‘छक्का पन्जा ३’ जस्तो ब्लकबस्टर चलचित्रमा काम गरिन् । चलचित्रका उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले अत्याधिक रुचाए ।
दीपिकाको करिअरको सुरुवातलाई बलियो मान्नुपर्छ । तर, दुइवटा बलियो चलचित्रमा काम गरेपछि भने उनको करिअर सुस्ताएको छ । दीपिकाले केही चलचित्रमा काम गरिसकेकी छिन् भने केही चलचित्रमा काम गर्ने चर्चा पनि चलेको छ ।
यसैविच, स्वास्थ्य समस्याका कारण उनले चलचित्र ‘कृष्ण लीला’ छाडेकी छिन् । गतबर्ष निर्देशक दिवाकर भट्टराइसँग वैवाहिक जीवनमा जोडिएपछि दीपिका घरयासी जीवनमा पनि व्यस्त छिन् ।
दीपिकाबाट नेपाली चलचित्र क्षेत्रले आशा गरेको छ । उनै, दीपिका प्रसाँई आज आफ्नो जन्मदिन मनाउँदैछिन् । दीपिकालाई जन्मदिनको अवसरमा उनका फ्यान, चलचित्रकर्मीले शुभकामना दिइरहेका छन् । दीपिकालाई हाम्रोतर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।
प्रतिक्रिया 4