Comments Add Comment

भारतमा ८५ लाख नाघे कोरोना संक्रमित

फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ८५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८५ लाख सात हजार ७५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४५ हजार ६७४ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार १२१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५५९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोनाका ७८ लाख ६८ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । भारत अमेरिकापछि संक्रमित संख्याको आधारमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । अहिलेसम्म अमेरिकामा ९८ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ ।

अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३७ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ६२ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment