+
+
Shares

भक्तपुरमा दिउँसै सुनको सिक्री लुटपाट

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १७:०९

२३ कात्तिक, काठमाडौं । भक्तपुरको सूर्य विनायक बस्ने म्याग्दी घर भएका एक व्यक्तिकाे एक तोलाको सुनको सिक्री लुटपाट भएको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने म्याग्दी जामरुकोट घर भएका ३० वर्षीय पुरुषको १ तोला सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो।

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक नजिकबाट नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सिक्री लुटपाट गरेको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?