
२४ कात्तिक, कैलाली । कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4