+
+
Shares

अजरबैजानद्वारा अर्मेनिया नियन्त्रित नागोर्नो काराबख क्षेत्रमा आक्रमण, ४४ सैनिकको मृत्यु  

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १५:०५
Photo Credit : REUTERS

२४ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच विवादित भूमि नागोर्नो काराबखको विषयमा जारी युद्ध अझै रोकिएको छैन । सोमबार नागोर्नो काराबखको प्रशासनले अजरबैजानको आक्रमणमा परी थप ४४ सैनिकको मृत्यु भएको बताएको छ । यससँगै युद्धमा परी मृत्यु हुने सैनिकको संख्या एक हजार २२१ पुगेको छ । यी दुई मुलुकको बीचमा गत सेप्टेम्बर २७ मा युद्ध सुरु भएको थियो ।

यी दुई मुलुकबीचको अहिलेको युद्ध सन् १९९० को दशकयताकै खराब अवस्थामा पुगेको छ । सन् १९९० को दशकमा यी दुई मुलुकबीच चलेको युद्धमा करिब ३० हजार मानिसको मृत्यु भएको थियो । त्यतिबेला यो भूमिको विषयमा कुनै सम्झौता नभई युद्धविराम भएकाले अहिलेको अवस्था सृजना भएको हो ।

अन्तर्राष्ट्रियरुपमा नागोर्नो काराबख अजरबैजानको भूमि हो । तर, यसमा अर्मेनियाको नियन्त्रण रहँदै आएको छ । अजरबैजानले अब यो जसरी पनि आफ्नो भूमि फिर्ता ल्याउने अडान लिँदै आएको छ ।

अजरबैजानले युद्धको क्रममा नागोर्नो काराबखको दोस्रो ठूलो सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरिसकेको छ भने अर्मेनियाले अजरबैजानको दाबीको खण्डन गरेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?