Comments Add Comment

उच्च अदालतद्वारा भारतीय पत्रकार अर्नबलाई रिहा गर्न अस्वीकार

Photo Credit : REUTERS

२४ कात्तिक, काठमाडौं । भारतको मुम्बईको उच्च अदालतले भारतीय पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्दामा उनी अहिले हिरासतमा छन् । भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका ४७ वर्षीय अर्नबलाई गतसाता हिरासतमा लिइएको थियो र १४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको थियो ।

अर्नबमाथि उनको स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनलाई आत्महत्याका लागि बाध्य पारेको आरोप छ । अर्नबले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

उच्च अदालतले सोमबार आफ्नो फैसला सुनाउँदै यो निर्णयविरुद्ध अर्नबले चाहेको खण्डमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ । अर्नबले आफूलाई प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन् । यसअघि पक्राउ पर्दाखेरि नै उनले प्रहरीले आफूमाथि आक्रमण गरेको बताएका थिए । त्यस्तै आइतबार साँझ पनि उनले प्रहरी भ्यानभित्रबाट चिच्याउँदै प्रहरीले आफूलाई कुटपिट गरेको र आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको आरोप लगाएका थिए । उनलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नतिजा नेगेटिभ आएपछि क्वारेन्टिन केन्द्रबाट जेल लगिएको थियो ।

अर्नब गोस्वामीको यो मुद्दा यसअघि बन्द भइसकेको भए पनि महाराष्ट्र सरकारले हालै मात्र यो घटनामा थप अनुसन्धानको लागि निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ यो पनि पढ्नुहोस पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायिक हिरासतमा पठाइयो

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment